Testo Timile Ta Hoina - Bachu Kailash
Testo della canzone Timile Ta Hoina (Bachu Kailash), tratta dall'album Aajammari Geetharu
तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्
तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
तेसै-तेसै कस्तो गाढा, माया बसेको
धुँदा पनि जाँदै नजाने
तेसै-तेसै कस्तो गाढा, माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्नु यस्तै हो कि, मलाई मात्रै यस्तो
रुँदा पनि जाँदै नजाने
तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्
एकोहोरो माया बोकी, के भनेर सोधौं
मलाई पिर पर्नु पर्यो नि
एकोहोरो माया बोकी, के भनेर सोधौं
मलाई पिर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा, बिपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि
तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्
तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
Credits
Writer(s): Kshetrapratap Adhikari
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.