Testo Ma Jindagiko - Deep Shrestha
Testo della canzone Ma Jindagiko (Deep Shrestha), tratta dall'album Aajammari Geetharu
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै
म यो जिन्दगीकै अपवाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी
यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी
न बर्सन्छ पानी, न लाग्छ डढेलो
म आफ्नै मुटुभित्र बल्झिरहेँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरुमा रुन्छ विश्वास
मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरुमा रुन्छ विश्वास
म तितो कथामा, नमिठो व्यथामा
म यस्तै विवशतामा अल्झिरहेँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै
म यो जिन्दगीकै अपवाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
त्यसै त्यसै बर्बाद भएँ
त्यसै त्यसै बर्बाद भएँ
Credits
Writer(s): Deep Shrestha
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.