Testo Timilai Achel Kaha - Prem Dhoj Pradhan
Testo della canzone Timilai Achel Kaha (Prem Dhoj Pradhan), tratta dall'album Ghaite Jawani
तिमीलाई अचेल कहाँ भेटूँ?
पहरामा भेटूँ या छहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?
पहरामा भेटूँ या छहरामा भेटूँ?
कि दिल हर्ने त्यो फूलको लहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?
नभेटूँ कतै, यो मनमा हलचल
नदेखूँ कतै, नीदमा खलबल
नभेटूँ कतै, यो मनमा हलचल
नदेखूँ कतै, नीदमा खलबल
दुवैको तिर्खा कहाँनिर मेटूँ?
अघाउन्जेल हेर्न दोबाटोमा भेटूँ
तिमीलाई अचेल कहाँ भेटूँ?
अधरमा फुल्ने गीत हौ तिमी
नजरमा घुल्ने प्रीत हौ तिमी
अधरमा फुल्ने गीत हौ तिमी
नजरमा घुल्ने प्रीत हौ तिमी
तिमीलाई मीठो धुनमा सुनूँ
तिमीलाई उजेलो जूनमा देखूँ
तिमीलाई अचेल कहाँ भेटूँ?
पहरामा भेटूँ या छहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?
पहरामा भेटूँ या छहरामा भेटूँ?
कि दिल हर्ने त्यो फूलको लहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?
Credits
Writer(s): Gagan Birahi
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.