Testo Shabda Haru - Prajina
Testo della canzone Shabda Haru (Prajina), tratta dall'album SHABDA HARU
नजिकिँदै तिम्रो मुहार सासहरू मिसिँदै गए
बास्नाले तिम्रो म रङ्गिसकेछु, सङ्गीत त तिम्रो धुनमा बगे
माटो पनि सुन बन्ने घाम तिम्रो आँखा चुमेपछि
बाटोमा देखेजति फूल टिपेँ तिमीलाई दिन भनेर, प्रिय
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?
अल्झी बसेका बोली मेरा तिम्रो अघि मैले सुल्झाइदिएँ
मुस्कानले तिम्रो दिनै उज्यालो, त्यही चित्र मुटुमा बोकिरहेँ
जब शङ्का, ईर्ष्या मेरो मनलाई लुट्छ, के गर्छौ तिमी?
सधैँझैँ बोलाऊ है मलाई, सधैँझैँ आफ्नो भनी
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?
Credits
Writer(s): Prajina Lamichhane
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.