Testo Makhamali Pachhauri - Udit Narayan
Testo della canzone Makhamali Pachhauri (Udit Narayan), tratta dall'album Muglan (Original Motion Picture Soundtrack)
मान्छे त म ग्वाँचे नै हुँ भन्या
त्यत्ति एउटा सानो कुरा पनि कस्तो नबुझेको?
Mm, लाटा
मखमली पछ्यौरीले, सानु, मुहार छोपेको
लाग्दछ बादलभित्र जूनै हो कि लुकेको
जून मलाई भन्छौ भने, हजुर, उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ हाँसी कलेजीको सेरोफेरो
छातीभित्र मुटु मेरो, ढुकढुकीमा तिमी
छातीभित्र मुटु मेरो, ढुकढुकीमा तिमी
शङ्का तिम्लाई लाग्छ भने, आऊ, हेर छामी
गाजलु यी आँखा मेरा, आँखाबीच नानी
यही नानीमा सलबलाउँदै बस्छौ तिमी पनि
पारि वनको पखेरीमा, सानु, कोइलीले बासेको
लाग्छ मलाई हजुरले हो कि "सानु" भनी डाकेको
हे, मखमली पछ्यौरीले, सानु, मुहार छोपेको
लाग्दछ बादलभित्र जूनै हो कि लुकेको
अप्सराले डाहा गर्छिन् तिम्लाई हेरीहेरी
अप्सराले डाहा गर्छिन् तिम्लाई हेरीहेरी
तिमीसितै भेट्न पाऊँ अर्को जुनी फेरि
लाखै जुनी काटे पनि पुग्दैन तिमीसित
मन मिल्ने एउटै तिमी मेरो मनको मीत
मखमली पछ्यौरीले, सानु, मुहार छोपेको
लाग्दछ बादलभित्र जूनै हो कि लुकेको
जून मलाई भन्छौ भने, हजुर, उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ हाँसी कलेजीको सेरोफेरो
सधैँ चुहिरहनी त्यो थोत्रो घरमा आजलाई कसरी राखूँ?
बाटोमा हिन्दा पनि काजीले जिस्क्याइरहन्छ
हेर्, रने, सबैको व्यथा एउटै हो, त्यसैले मैले सुनेको छु
माथ्ला गाउँको मनेले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ रे
एकचोटि त्यसलाई भेटौँ न
अनि तेल्लाई दिने पैसाचाहिँ कहाँबाट खोज्ने नि?
घरजग्गा बन्धकी राखेर भए पनि पैसा खोजौँला नि
आफ्नो त सम्पत्तिको नाममा त्यही एउटा टुक्रा खेत र सानो बारी छ
त्यही पनि साहुको भयो भने त म नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ
पहिला मनेलाई भेटेर विदेश जान त पाऊँ, पैसा त कमाइहालिन्छ नि
हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि?
दुई वर्ष अरब बसेर आउनेबित्तिकै दश रोपनी खेत किन्यो
कसले गर्दा? मैले गर्दा
त्यो गन्ते साइँलालाई, छ नि, मैले कोरियाको भिसा फ्याट्ट मिलाइदेँ
एक वर्ष बसेर आउनेबित्तिकै ड्याङ्ग ठूलो घर बनायो
कसले गर्दा? मैले गर्दा
अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि, दाइ?
जापान गए दश लाख, कोरिया गए छ लाख, अरब गए तीन लाख, मलेसिया गए दुई लाख
सस्तोमा कहाँ जान पाइन्छ, मने दाइ? तिँको मिलाइदिनुस् न
मलेसिया जाऊ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु
दुई लाख कहाँबाट ल्याउने, मने दाइ? अलि मिलाइदिनुस् न
मौकामा हीरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन?
खेत बन्धकी राख, आइमाईको गरगहना बेच, अहिले रोपे पो पछि फल्छ
तर पनि, मने दाइ, त्यत्रो पैसा खोज्न गाह्रै पर्छ
तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि
हेर्नुस्, म फेरि पनि भन्दै छु, यस्तो आँखा नदेख्नी बाउआमालाई छोडेर
सुखको आशमा विदेश जानुहुँदैन
बुहारीले त ठीकै भन्दै छिन्, ठूले हामी डुब्न लाएका घा-
Credits
Writer(s): Suresh Adhikari, Budha Subba
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.