Testo Jeevan Aakhir - Deep Shrestha
Testo della canzone Jeevan Aakhir (Deep Shrestha), tratta dall'album Manchheka Geetharu
जीवन आखिर के नै हो र?
जीवन आखिर के नै हो र? मन्दिरको फूलपाती
ईश्वर होला कहाँ हो माथि
दुखियाको दुःखै साथी
जीवन आखिर के नै हो र?
बूढापाका आशिष् दिन्छन्, "भएस्, नानी, भाग्यमानी"
बूढापाका आशिष् दिन्छन्, "भएस्, नानी, भाग्यमानी"
एकातिर जमराझैँ ओइलिजान्छ जिन्दगानी
जे परे नि सहनैपर्यो रुँदै, पिट्दै आफ्नो छाती
ईश्वर होला कहाँ हो माथि
दुखियाको दुःखै साथी
जीवन आखिर के नै हो र?
"जता गहिरो उतै पानी", सम्झिराखेस् कुरा, नानी
"जता गहिरो उतै पानी", सम्झिराखेस् कुरा, नानी
उहिले बाले भन्या कुरा सम्झिदिन्छु कहिलेकाहीँ
सुख किन्न सकिँदैन है, के गर्नु र हीरामोती?
ईश्वर होला कहाँ हो माथि
दुखियाको दुःखै साथी
जीवन आखिर के नै हो र?
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.