Testo Herda Herdai - Deep Shrestha
Testo della canzone Herda Herdai (Deep Shrestha), tratta dall'album Yatra, Vol. 2
हेरेर पनि देख्न नसकिने हावा जस्तै
हेर्दाहेर्दै मनभित्र गढ्ने माया जस्तै
तिमी छौ वरिपरि, मेरो छाया बनी
कति तड्पाउँछौ कहिले हावा बनी, कहिले माया बनी?
हेरेर पनि देख्न नसकिने हावा जस्तै
देख्न सक्दिन म, मनलाई बुझाइदिने कोही छैन
देख्न सक्दिन म, मनलाई बुझाइदिने कोही छैन
भन्न चाहन्न तिमी टाढा छौ, नजिक ल्याउने कोही छैन
भन्न चाहन्न तिमी टाढा छौ, नजिक ल्याउने कोही छैन
तिमी छौ हृदयमा सम्झना पनि जहीँतहीँ
कति तड्पाउँछौ कहिले हावा बनी, कहिले माया बनी?
हेरेर पनि देख्न नसकिने हावा जस्तै
भुल्न सक्दिन म, तिमीलाई भुलूँ पनि कसरी?
भुल्न सक्दिन म, तिमीलाई भुलूँ पनि कसरी?
अतीतका सम्झनाले सताउँछ, नसताओस् के गरी?
अतीतका सम्झनाले सताउँछ, नसताओस् के गरी?
तिमी छौ मेरो मनभरि, मेरै स्मृति बनी
कति तड्पाउँछौ कहिले हावा बनी, कहिले माया बनी?
हेरेर पनि देख्न नसकिने हावा जस्तै
हेर्दाहेर्दै मनभित्र गढ्ने माया जस्तै
तिमी छौ वरिपरि, मेरो छाया बनी
कति तड्पाउँछौ कहिले हावा बनी, कहिले माया बनी?
हेरेर पनि देख्न नसकिने हावा जस्तै
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.