Testo Ujyalai Ujyalo - Sadhana Sargam feat. Udit Narayan
Testo della canzone Ujyalai Ujyalo (Sadhana Sargam feat. Udit Narayan), tratta dall'album Arjun Dev(Original Motion Picture Soundtrack) - EP
उज्यालै उज्यालो म खोजिरहेथेँ
उज्यालै उज्यालो म खोजिरहेथेँ
तिमी के उदायौ, खुसी मुस्कुरायो
बिरानो-बिरानो यो मनको सहरमा
तिमीलाई पाएँ, नयाँ रङ्ग छायो
हो, हो
हो, hmmm
म बेजान मौसम थिएँ
बहारकी रानी तिमी
म बेजान मौसम थिएँ
बहारकी रानी तिमी
निरस म कागज थिएँ
मिठो कहानी तिमी
जब छनछनाई बजे छम्म चुरा
त्यसै हल्का-हल्का नशा सल्बलायो
बिरानो-बिरानो यो मनको सहरमा
तिमीलाई पाएँ, नयाँ रङ्ग छायो
हो (hmmm)
हो (hmmm)
मेरो मनमा हरपल तिमी
मेरो साथ पल-पल तिमी
मेरो मनमा हरपल तिमी
मेरो साथ पल-पल तिमी
तिमी पूजा, पुजारी हुँ म
यो जीवनमा झलमल तिमी
यो नौलो इशारा गर्यौ कि तिमीले
मनैमा अनौठो रहर जुरमुऱ्यायो
बिरानो-बिरानो यो मनको सहरमा
तिमीलाई पाएँ, नयाँ रङ्ग छायो
हो, हा
हो, hmmm
Credits
Writer(s): Krishnahari Baral
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.