Testo Achano Bho Mero Chhati - Deep Shrestha
Testo della canzone Achano Bho Mero Chhati (Deep Shrestha), tratta dall'album Yatra
अचानो भो मेरो छाती चोटहरु सहीसही
अचानो भो मेरो छाती चोटहरु सहीसही
खुकुरीलाई थाहा हुन्न
खुकुरीलाई थाहा हुन्न, पीडा हुन्छ कति-कति
पीडा हुन्छ कति-कति
अचानो भो मेरो छाती चोटहरु सहीसही
रोकिँदैन प्रहार ममा, दिनदिनै बढ्दो छ
रोकिँदैन प्रहार ममा, दिनदिनै बढ्दो छ
सहनै पर्छ चुपचाप मैले, खुकुरीले बुझ्याछ
कसले तोडिदिने हो यो रीतिरिवाज?
अचानो भो मेरो छाती चोटहरु सहीसही
पखालेर राखिदिँदा केही ढुक्क भएको थियो
पखालेर राखिदिँदा केही ढुक्क भएको थियो
भ्रम मात्र रैछ मेरो, फेरि प्रहार सुरु भो
कसले तोडिदिने हो यो रीतिरिवाज?
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
खुकुरीलाई थाहा हुन्न
खुकुरीलाई थाहा हुन्न, पीडा हुन्छ कति-कति
पीडा हुन्छ कति-कति
अचानो भो मेरो छाती चोटहरु सहीसही
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.